सरकारले संसदको सामना गर्न नसकेर संसद अधिवेशन स्थगित गर्यो : नेता सिंह



काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सरकारले संसदको सामना गर्न नसकेर संसद अधिवेशन स्थगित गरेको बताएका छन् ।

नेपाल प्रेस युनियन काठमाडौं शाखाले गरेको कार्यक्रममा उनले अधिवेशन स्थगित गरेर सरकारले आफ्नो कायरता प्रदर्शन र संसदको मानमर्दन गरेको टिप्पणी गरे । उनले संसद अधिवेशन अन्त्यलाई संसदीय व्यवस्थामाथिको अर्को प्रहार भनेका छन् ।

सोमबार मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद अधिवेशन स्थगित गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस्