जसपाका नेता कार्यकर्ताको मुद्दा फिर्ता लिने मन्त्रिपरिषद्को निर्णय



काठमाडौं । सरकारले मधेस तथा थरुहट थारुवान आन्दोलनका क्रममा संलग्न भएका राजपा नेता कार्यकर्तामाथि लागेको मुद्दा फिर्ता लिने निर्णय गरेको छ ।

सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले जसपाका नेता कार्यकर्तामाथि लागेको मुद्दा फिर्ता लिने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।

केही दिनअघि जसपाको माग पूरा गर्न सन्दर्भमा प्रधानमन्त्री केपी शर्मा ओली र जसपाका नेता महन्थ ठाकुर लगायतबीच भएको छलफलका क्रममा ओलीले जसपाका नेता कार्यकर्ताविरुद्ध रहेका मुुद्दा फिर्ता लिन सहमति भएको थियो ।

सोही अनुसार जसपाले विभिन्न २४ किसिमका मुद्दामा २०८ जनाको मुद्दा फिर्ता लिन आग्रह गर्दै गृह मन्त्रालयमा फाइल पेश गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्