माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दै, सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी



काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दैछ ।

दिउँसो १ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्ने बैठकमा विकसित राजनीतिक घटनाक्रमका विषयमा छलफल हुने कार्यालय सचिव श्रीराम ढकालले जानकारी दिए ।

यस्तै बैठकमा पार्टीले सरकारलाई दिएको समर्थन फिर्ताबारे पनि निर्णय हुन सक्ने स्थायी सदस्य गणेश साहले जानकारी दिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई नैतिकता आधारमा राजीनामा दिन दबाब दिँदा पनि उनले अटेरी गरेकाले अब समर्थन फिर्ताबारे निर्णय लिने तयारी भएको साहले जनाए ।

प्रतिक्रिया दिनुहोस्