पूर्वमन्त्री प्रयागराज सिंह सुवालको निधन

काठमाडौं । समाजसेवी एवं पूर्वस्वास्थ्यमन्त्री प्रयागराज सिंह सुवालको निधन भएको छ । ९३ वर्षीय थापाको उनकै निवास झोछेमा आइतबार साँझ निधन भएको हो ।
प्रजातन्त्रका लागि लिडेका पुराना नेताहरुमधयेका एक उनी लामो समय नेपाली काँग्रेसमा रही राजनीतिमा सक्रिय थिए ।
पञ्चायत कालमा स्नातकहरुमध्येबाट सांसद चुनिएका उनी कुनै बेला काठमाडौं नगरको मेयर पनि थिए । उनले परोपकार संस्थाको अध्यक्षको भूमिका पनि निर्वाह गरे ।
उनका श्रीमती, दुई छोरा र एक छोरी छन् ।