सरकारलाई दिएको समर्थन फिर्ता लिन्छौं : नारायणकाजी श्रेष्ठ



काठमाडौं । नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारलाई दिएको समर्थन फिर्ता लिने भएको छ ।

नेकपा माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठले समर्थन फिर्ताको जानकारी लिखित रूपमा गराउन लागिएको बताए ।

माओवादी केन्द्रले सोमबार स्थायी समितिको बैठक डाकेको छ । मंगलबार प्रतिनिधि सभाको बैठक बस्दैछ । बैठकअघि नै माओवादी केन्द्रले समर्थन फिर्ता लिन लागेको हो ।

‘यो सरकारलाई समर्थन दिइराख्ने कुरा भएन । हामीले समर्थन लिन फिर्ता पर्दैन भनेको हो । सबैले लिनुपर्छ भनेपछि अब लिन्छौ’, श्रेष्ठले भने, ‘हाम्रो यो सरकारलाई कहिल्यै समर्थन नै छैन ।

उनले सोमबार बस्ने स्थायी समिति बैठकबाट समर्थन फिर्ताको निर्णय हुन सक्ने बताए ।

प्रतिक्रिया दिनुहोस्