बहुमतको सरकारसँग निहुँ खोज्दैनौं : देउवा



काठमाडौं । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले आफू प्रधानमन्त्री पदका लागि लालायित नभएको बताएका छन् ।

आइतबार आफ्नै निवास बुढानीलकण्ठमा श्रीराम श्रेष्ठद्धारा लिखित पुस्तक नेपाली जनजातीय संस्कार र संस्कृति विमोचन गर्दैं सभापति देउवाले आफू प्रधानमन्त्री पदका लागि लालायित नभएको बताए ।

(नेकपा माओवादी केन्द्र)ले सरकारलाई दिएको समर्थन फिर्ता नगरेको कारण सरकार बहुमतकै अवस्थामा रहेकाले बहुमतको सरकारसँग निहुँ नखोज्ने पनि सभापति देउवाले बताए ।

प्रतिक्रिया दिनुहोस्