गृहमन्त्रीबाट पदमुक्त हुन नपाउँदै बादलको पुनर्नियुक्ति, साँझ ५ बजे शपथ



काठमाडौं । रामबहादुर थापा ‘बादल’ले पुनः गृहमन्त्रीको शपथ लिने भएका छन् ।

राष्ट्रिय सभा सदस्य पद खारेज भएसँगै उनी गृहमन्त्रीबाट पदमुक्त भएका थिए । लगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीले बादललाई एमाले नेताको हैसियतमा गृहमन्त्रीमा पुनर्नियुक्तका लागि सिफारिस गरेका हुन् ।

बादलको साँझ ५ बजे राष्ट्रपति भवनमा शपथग्रहण हुने तय भएको प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

सांसद नभएका व्यक्ति पनि ६ महिनासम्म मन्त्री हुन सक्ने संवैधानिक व्यवस्था छ । यही व्यवस्था अनुसार बादल पुनः गृहमन्त्री बन्ने भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्