विरेन्द्र नौभाग्य को ‘तिम्रो मनमा’



काठमाडौं । नयाँ वर्षको पावन अवसरमा प्रवासमा रहेर पनी नेपाली सुगम संगीतको निर्देशन गर्दै आएका विरेन्द्र नौभाग्य को ‘तिम्रो मनमा’ नामक गीत बजारमा आएको छ । यस गीतमा गायक विष्णु ढकालले स्वर दिएका छन् ।

लाकडाँकको निर्देशनमा रहेको यस गीतलाई स्यम लाकडाँकले संगीत भरेका छन् । मर्मस्पर्शी शब्दले भरीपूर्ण गीतको म्यूजिक भिडयोको छायांकन कोरियाको विभिन्न ठाउँमा गरिएको निमार्ण पक्षले बताएको छ ।

युवा अवस्थामा भएका जोडि विचको प्रेम प्रसङ्गलाई गीतमा निकै आकर्षक रुपमा प्रस्तुत गरिएको छ । प्रेमी प्रेमिका विचको मायालाई आम दर्शक तथा स्रोताले मन पराउनेमा आफु निकै आशावादी रहेको निर्देशक नौभाग्यले बताए । ‘

तिम्रो मनमा’ गीतको भिडियोलाई लाकदाकले छायाँकन तथा सम्पदादन गरेका हुन भने निर्देशन विरेन्द्र नौभाग्यको रहेको छ ।यसमा विरेन्द्र नौभाग्य र सोनि तामाङ्गको रोमान्टिक र जीवन्त अभिनय रहेको छ ।

प्रतिक्रिया दिनुहोस्