गृहमन्त्री थापाको सांसदसँगै मन्त्रीको पद पनि गुम्यो



काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’को राष्ट्रिय सभा सांसद पदसँगै मन्त्री पद गुमेको छ ।

नेकपा माओवादी केन्द्रले उनलाई पार्टीबाट निष्कासन गरिएको पत्र संघीय संसद सचिवालयमा पठाएको थियो ।

राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिानाले पत्रअनुसार सांसद पद रिक्त भएको निर्णय गरेका हुन् । तिमिल्सिनाको निर्णयपछि संसद सचिवालयले थापको पद रिक्त भएको सूचना आइतबार प्रकाहित गरेको छ ।

थापा बागमती प्रदेशबाट राष्ट्रिय सभा सांसद बनेका थिए । अदातलको फैसलाबाट नेकपा छुट्टिएर साविकको पूर्वएमाले र पूर्वमाओवादीमा रुपान्तरण हुँदा थापाले एमाले रोजेका थिए ।

प्रतिक्रिया दिनुहोस्