प्रधानमन्त्री ओलीले बोलाएको सर्वदलीय बैठकमा काँग्रेसबाट देउवासहितका शीर्ष नेता सहभागी, जसपालाई आधिकारिक निम्ता आएन



प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री निवास बालुवाटारमा बोलाएको सर्वदलीय बैठकमा काँग्रेस सभापति शेरबहादुर देउवा, रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, महामन्त्री पूर्णबहादुर खड्का, संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाणसहितका शीर्ष नेता सहभागी भएका छन् ।

तर यसबिच जसपाले भने पार्टीलाई बैठकबारे आधिकारिक निम्ता नआएको बताएको छ । सर्वदलीय बैठकमा अनुपस्थित रहेका जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले पार्टीलाई आधिकारिक रुपमा निम्ता नआएको बताए ।

उनले भने, ‘सर्वदलीय बैठकबारे कुनै व्यक्तिलाई व्यक्तिगत रुपमा जानकारी आएको होला । तर पार्टीलाई कुनै आधिकारिक जानकारी आएको छैन ।’

यस्तै बैठकमा माओवादीको पनि सहभागिता रहेको छैन ।

प्रतिक्रिया दिनुहोस्