प्रचण्ड र माधव नेपालबीच भेटवार्ता



नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एमालेका वरिष्ठ नेता माधव कुमार नेपालबीच आज बिहान भेटवार्ता भएको छ ।

स्रोतका अनुसार कोटेश्वरस्थित एक घरमा दुई नेताबीचको भेटमा कर्णालीको विषयमा छलफल हुनुका साथै अन्य रणनीतिक विषयमा पनि छलफल भएको छ । भेटमा माओवादी प्रवक्ता नारायणकाजी श्रेष्ठका साथै एमाले नेता घनश्याम भुसाल समेतको सहभागिता रहेको बताइएको छ ।

पछिल्लो विकसित राजनीतिक घटनाक्रमकै बीच भएको सो भेटवार्तालाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

प्रतिक्रिया दिनुहोस्