प्रम ओलीविरुद्ध गरिएको अनर्गल प्रचारको प्रेस काउन्सिलद्धारा ध्यानाकषर्ण



काठमाडौं । प्रधानमन्त्री ओली विरुद्ध गरिएको अनर्गल प्रचारको प्रेस काउन्सिलले गम्भिर ध्यानाकषर्ण गरेको छ ।

‘अनअफिसियल ट्रान्सलेसन’ उल्लेख भएको डकुमेन्टलाई आधार बनाइ ‘रअ’ र प्रधानमन्त्री केपी ओलीबीच भएको सहमति भनि विभिन्न न्युज पोर्टलहरुबाट सामाग्री सम्प्रषेण भएको प्रति प्रेस काउन्सिल नेपालको ध्यानकाषर्ण भएको छ ।

विना आधिकारिक डकुमेन्ट ‘अनअफिसियपल ट्रान्सलेसन’को हवला दिँदै सञ्चार माध्यमको जिम्मेवारी बोधको समेत ख्याल नगरी तथ्य हिन, पुष्टि नभएको सामाग्री सम्प्रेषण गरि सनसनी फैलाउने उद्देश्यले जामासमा भ्रम पार्ने, सार्वभौम सत्ता राष्ट्रियता र स्वाधिनता विपरित सामाजिक सद्भावमा खलल पुग्ने अन्र्तराष्ट्रिय सम्बन्धमा आँच आउने भ्रम पूर्ण सामाग्री सम्प्रेषण भएको प्रति प्रेस काउन्सिल नेपालले आचार सहिंता विपरित भएको ठहर गरेको छ ।

प्रेस काउन्सिल नेपालमा प्रेस सङ्ग्रहालय स्थापना

समाचार सम्प्रेषण गर्ने सूचिकरण नभएका केहि वेवपोर्टल बन्द गरिएको र आगामि दिनमा नेपाल भित्र सम्प्रेषण हुन नसक्ने जानकारि दिएको छ भने दर्ता सूचिकरण भएका न्यूज पोर्टल उज्यालो नेटवर्क डट कम, सुर्दशन खबर डटकम, समाचार दैनिक डटकम, कान्तिपथ डटकम, नेपाली गाथा डट कमलाई चौविस घण्टाभित्र प्रेस काउन्सिलले स्पष्टिकरण दिन माग गरेको छ ।

No description available.

प्रतिक्रिया दिनुहोस्