पछिल्लो २४ घण्टामा थप ९ सय जनामा कोरोना संक्रमण पुष्टि



काठमाडौं । पछिल्लो २४ घण्टामा थप ९ सय जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । ६ हजार १५८ जनामा परीक्षण गर्दा पीसीआरबाट ८३६ र एन्टिजेनबाट ६४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । नेपालमा संक्रमितको कूल संख्या २ लाख ८२ हजार ८९० जना पुगेको छ ।

No photo description available.

यही अवधिमा थप २०८ जना निको भएका छन् भने २ जनाको मृत्यु भएको छ ।

No photo description available.

काठमाडौँ उपत्यका र बाँके कारोना भाइरस संक्रमणको हटस्पट बनेको छ । काठमाडौँ उपत्यकामा सर्वाधिक ३४८ जना संक्रमित भएका हुन् । काठमाडौँमा २८६, ललितपुरमा ४३ र भक्तपुरमा १९ जनामा संक्रमण पुष्टि भएको छ । बाँकेमा १ सय ३३ जनामा संक्रमण पुष्टि भएको छ ।

प्रतिक्रिया दिनुहोस्