प्रदेश २ को नाम र राजधानी तोक्ने प्रस्ताव दर्ता गराउन आह्वान



काठमाडौं । प्रदेश २ सरकारका गठन भएको ३ वर्षभन्दा बढी समय भए पनि नाम र राजधानीको विषयमा निक्र्यौल लगाउन नसकेपछि प्रदेशसभा सचिवालयले दोस्रो पटक प्रस्ताव दर्ता गराउन आह्वान गरेको छ ।

नाम र स्थायी राजधानीको विषयमा प्रदेश सरकारले निक्र्यौल लगाउन नसकेकाले आलोचना हुँदै आइरहेको छ ।

प्रदेश सरकारको कार्यकालको डेढ वर्ष मात्रै बाँकी रहेको समयमा सचिवालयले फेरि प्रस्ताव दर्ताका लागि आह्वान गरेको हो।

प्रदेशसभा सचिवालयले बिहीबार एक सूचना जारी गर्दै प्रदेशको नाम र स्थायी राजधानी तोक्ने प्रस्ताव दर्ता गराउनका लाग आह्वान गरेको हो ।

प्रतिक्रिया दिनुहोस्