अराजकता अन्त्य गर्न केपी ओलीलाई कुर्सीबाट हटाउनुपर्छ : शेखर कोइराला



जनकपुरधाम । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई कुर्सीबाट नहटाएसम्म चैनको सास लिन नसकिने बताएका छन् ।

सप्तरी सदरमुकाम राजविराजमा शुक्रबार आँखा अस्पतालको उद्घाटन गर्दै कोइरालाले वर्तमान सरकारको अराजकता अन्त्य गर्न पनि केपी ओलीलाई कुर्सीबाट हटाउनुपर्ने बताए ।

यो सरकार जति अगाडि बढ्छ त्यत्ति अराजक बढ्छ’ उनले भने, ‘त्यहीं भएर यो सरकारलाई हटाएर सर्वदलीय सरकार बनाउनु जरुरी छ ।’

देश अत्यन्तै जटिल मोडबाट गुज्रिरहेको बताउँदै उनले संसदीय व्यवस्थामा विश्वास नभएका पार्टीले संसदलाई निकम्मा पार्ने खेल खेलिरहेको बताए ।

प्रतिक्रिया दिनुहोस्