प्रचण्डले भने : ‘प्रधानमन्त्री ओलीले धेरै समयपछि आज फोन गर्नुभयो’



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई फोन गरेका छन् ।

शुक्रबार दिउँसो प्रचण्डले ललितपुरको कोन्जोसोम गाउँपालिकाको भवन उद्घाटन गर्न आयोजित सभालाई सम्बोधनका क्रममा प्रधानमन्त्रीले फोन गरेको खुलासा गरेका हुन् ।

‘म बस्दै गर्दा प्रधानमन्त्री केपी ओलीको फोन आयो मलाई’, प्रचण्डले भने,’धेरै समयपछि ।’

प्रधानमन्त्री ओलीसँग उक्त गाउँपालिकाको बाटो निर्माणका लागि आफूले भनिदिने आश्वासन पनि दिए ।  प्रचण्डले भने, ‘उहाँको फोन आएपछि तपाईंले के भन्न खोजेको हो ? यो बाटो बनाइदिनुस् ठूलो काम हुन्छ भन्ने वाला छु । मेरो तर्फबाट पूर्वाधार विकासमा सहयोग गर्ने विश्वास दिलाउन चाहन्छु ।’

प्रतिक्रिया दिनुहोस्