अदालतमा हुने सेटिङमा म पर्दिन : न्यायाधीश चुडाल



काठमाडौं । सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीश कुमार चुडालले अदालतमा हुने भनिएको सेटिङमा आफू नपर्ने बताएका छन् । संसदीय सुनुवाइ समितिमा सांसदहरुले सोधेको प्रश्नको जवाफ दिँदै उनले आफू सेटिङमा नपर्ने बताएका हुन् ।

‘व्यक्तिगत रुपमा सेटिङमा म हुन्न । यदि त्यस्तो प्रश्न उठेकामा चिन्तित हुँदै रोक्नका लागि भूमिका निर्वाह गर्छु’ उनले भने ।

अदालतमा बेन्च सेटिङ हुने कुराको पनि चुडालले अस्वीकार गरे । ‘विश्वभर नै जुडिसरीमा भ्रष्टाचार नै हुँदैन भन्ने मान्यता छ । सेटिङको कुरा आफैंमा बेठीक छ’ उनले भने ।

अहिले उच्च अदालतमा मुख्य न्यायाधीश र सर्वोच्च अदालतमा प्रधानन्यायाधीशले मुद्दा कुन न्यायाधीशले हेर्ने भनी तोक्ने गरेको भन्दै यसलाई अटोमेसन प्रविधिमा लगेपछि प्रश्न नउठ्ने बताए ।

प्रतिक्रिया दिनुहोस्