काठमाडौं महानगरपालिकाले भन्यो : कोरोना संक्रमण बढ्न थाल्यो विद्यालय एक हप्ता बन्द गर्नू



काठमाडौं । काठमाडौं महानगरपालिकाले कोरोना संक्रमित भएका विद्यालय एक हप्ताका लागि बन्द गर्न अनुरोध गरेको छ ।

शुक्रबार नगरपालिकाको शिक्षा विभागले महानगरभित्रका विद्यालयहरूलाई एक पत्र पठाउँदै कोरोना संक्रमित भएका विद्यालय बन्द गर्न आग्रह गरेको हो ।

विद्यालय बन्द गरी वैकल्पिक माध्यमबाट शिक्षण सिकाइ गर्न भनिएको छ ।

कोरोना संक्रमित नभएको विद्यालयमा कोरोनाविरूद्ध अपनाउनुपर्ने मापदण्ड पूरा गर्न आग्रह गरिएको छ ।

साथै, त्यस्तो विद्यालयमा अभिभावक समेतको सहमति लिन भनिएको छ।

प्रतिक्रिया दिनुहोस्