सर्वोच्चमा सिफारिस दुई न्यायाधीशको आज सुनुवाइ हुँदै

काठमाडौं । सर्वोच्च अदालतमा न्यायाधीशमा प्रस्तावित नहकुल सुवेदी र कुमार चुडालको आज सुनुवाइ हुँदैछ ।
प्रधानन्यायाधीशको नेतृत्वमा रहने न्यायपरिषद् बैठकले गत फागुन २८ गते उनीहरुलाई सिफारिस गरेको थियो ।
संसदीय सुनवाइमा उनीविरुद्ध सात वटा उजुरी परेका छन् ।
समितिले उजुरीकर्ताहरुसँग छलफल गरिसकेको छ ।
सुवेदीविरुद्ध सर्वोच्च अदालतमा योग्यता सम्बन्धी प्रश्न उठेको थियो । तर सर्वोच्च अदालतले सुवेदीको योग्यता पुग्ने फैसला गरेको थियो ।
सर्वोच्चको फैसलापछि उनीहरुको सुनुवाइ अगाडि बढेको हो ।