मुख्यमन्त्री पृथ्वीसुब्बा विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरिँदै



काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको सरकार ढल्ने लगभग निश्चित भइसकेको छ । गुरुङ विरुद्ध विहीबार नै अविश्वासको प्रस्ताव दर्ता गराउने तयारी भएको छ । कांग्रेस, माओवादी, जनता समाजवादी पार्टी र जनमोर्चाको गठबन्धनमा अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारी भएको हो ।

‘विहीबार नै मुख्यमन्त्री गुरुङ विरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्छौं,’ कांग्रेसका प्रदेशसभा सदस्य बिन्दुकुमार थापाले भने, ‘सबै दलका प्रदेशसभा सदस्यहरुलाई पोखरा बोलाईसकेका छौ ।’ अविश्वासको प्रस्ताव दर्ता गराउन २५ प्रतिशत संख्याको हस्ताक्षर भए पुग्ने थापाले बताए ।

थापाले भने, ‘केन्द्रीय राजनीतिको सहमति अनुसार अघि बढ्ने भएकोले अप्ठेरो छैन ।’ गण्डकी प्रदेश सरकारको नेतृत्व गर्ने भएपछि संसदीय दलका नेता कृष्णचन्द्र नेपालीलाई नै मुख्यमन्त्रीको रुपमा अघि सार्ने निर्णय भईसकेको थापाले बताए ।

प्रतिक्रिया दिनुहोस्