नासुहरुको शान्तिपूर्ण प्रदर्शनमा प्रहरीको हस्तक्षेप, चार कर्मचारी पक्राउ



काठमाडौं । मुलुकको प्रमुख प्रशासकीय केन्द्र सिंहदरबारभित्र विभिन्न माग राखेर शान्तिपूर्ण प्रदर्शनमा उत्रिएका कर्मचारीमाथि प्रहरीले हस्तक्षेप गरेको छ ।

बिहीबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अगाडि विभिन्न मागसहितका प्लेकार्डसहित प्रदर्शन गरेका नासुहरुमाथि प्रहरीले हस्तक्षेप गरेको हो ।

हामी शान्तिपूर्वक कार्यक्रम गरिरहको थियौं । कार्यक्रमा सक्ने बेला राष्ट्रियगान बज्दै थियो, प्रहरीले तेजेन्द्र कँडेल, केदार तिवारीलगायत चार जना साथीहरुलाई पक्राउ गरेर लगेको छ, आन्दोलनरत एक कर्मचारीले भने ।

नासुहरूले शाखा अधिकृतको पदपूर्तिमा ५० प्रतिशत खुला, ३० प्रतिशत बढुवा र २० प्रतिशतमा आन्तरिक प्रतिस्पर्धाको व्यवस्था हुनुपर्नेजस्ता माग राखेका छन् ।

यस्तो छ नासुहरूको माग :

  • १. रा.प. तृतीय श्रेणी शाखा अधिकृतसरहको पदपूर्तिमा ५० प्रतिशत खुल्ला, ३० प्रतिशत बढुवा र २० प्रतिशतमा आन्तरिक प्रतिस्पर्धाको व्यवस्था हुनुपर्ने । तर कुनै पनि साविकको पदबाट अधिकतम १२ बर्षसम्म पनि बढुवा नभएमा स्वतः बढुवा प्रणालीबाट पदपूर्ति गरेर मात्र खुलातर्फ विज्ञापन गर्नुपर्ने । यो व्यवस्था संघीय निजामती सेवाबाट प्रदेश तथा स्थानीय तहमा समायोजन भई गएका निजामती कर्मचारीको हकमा पनि लागू हुनुपर्ने ।
  • २. निजामती सेवामा प्रवेश गरिसकेका कर्मचारीलाई निजामती सेवाको पदपूर्ति हुने कुनै पनि परीक्षामा भाग लिन उमेर हद नलाग्ने र कुनै पनि निजामती कर्मचारीले खुल्ला प्रतिस्पर्धाबाट लोकसेवा आयोगको परीक्षा उत्तीर्ण गरेमा अघिल्लो पदको सेवा अवधिसमेत जोड्न पाउने विद्यमान निजामती सेवा ऐन, द्दण्द्धढ को व्यवस्था कायम हुनुपर्ने ।
  • ३. रा.प. प्रथम र रा.प. द्वितीय श्रेणीको खुल्लामा प्रतिस्पर्धा गर्न सम्बन्धित पदको लागि आवश्यक न्यूनतम शैक्षिक योग्यता भएको र निजामती सेवाको राजपत्र अनंकित पदमा रहेर ७ र ५ वर्ष काम गरेको भए योग्य हुन पाउनुपर्ने ।
  • ४. सबै तहमा श्रेणीगत वा तहगत एउटै व्यवस्था हुनुपर्ने ।
  • ५. सरुवा प्रणाली चक्रीय र पूर्वानुमानयोग्य हुनुपर्ने ।

प्रतिक्रिया दिनुहोस्