केही व्यक्तिले आफ्नो महत्वाकांक्षा पूरा गर्न नपाउँदा प्रतिगमन भयो भनेर हल्ला फैलाए : प्रधानमन्त्री ओली



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले केही व्यक्तिले आफ्नो महत्वाकांक्षा पूरा गर्न नपाउँदा देशमा प्रतिगमन भयो भनेर गलत हल्ला फैलाएको आरोप लगाएका छन् । बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले प्रतिगमनको गलत अर्थ लगाइएको टिप्पणी गरे ।

एकथरि मान्छे आफू प्रधानमन्त्री हुन भनेर प्रतिगमन भने भनेर कराइरहेका छन् । अहिले त्यस्तै स्याल हुइँया चलेको छ, उनले प्रश्न गरे के हे प्रतिगमन ? उनीहरुले परिवर्तन नै बुझेका छैनन् ।

अहिलेको व्यवस्था र यो व्यवस्था सञ्चालन गर्ने संविधान खोसियो भने मात्र प्रतिगमन हुने भन्दै ओलीले भने, अहिले कसैले संविधान खोसेको छ्रन, जनताको अधिकार खोसिएको छैन ।

उनले लुटपाट गरेर भए पनि सरकारमा पुग्ने केही व्यक्तिको चाहना पूरा नभएको बताए ।

प्रतिक्रिया दिनुहोस्