प्युठान दुर्घटनामा मृत्यु हुनेको संख्या पाँच पुग्यो



काठमाडौं । प्युठानको स्वर्गद्वारी जाँदै गरेको गाडी दुर्घटनामा परी ज्यान गुमाउनेको संख्या पाँच पुगेको छ ।

जिल्ला प्रशासन कार्यालय गुल्मीका कर्मचारी सवार लु १ ज १६५५ नम्बरको गाडी दुर्घटना हुँदा घटनास्थलमै दुई जनाको मृत्यु भएको थियो भने अन्य ३ जनाको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी निरीक्षक देवीप्रसाद गैरेका अनुसार मृत्यु हुनेमा जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत कालिगण्डकी गाउँपालिका स्याङ्जाका श्याम न्यौपाने, कार्यालयका खरिदार धुर्कोट गाउँपालिका ७ गुल्मीका ईश्वरी भण्डारी, कम्प्युटर अपरेटर रेसुङ्गा नगरपालिका वडा नं ७ का सूर्य पन्थी र गाडी चालक मुसिकोट ३ का केशव कार्की तथा धुर्कोटकै यमलाल पन्थी रहेका छन् ।

दुर्घटनाका अन्य घाइतेलाई थप उपचारका लागि काठमाडौं लैजाने तयारी भइरहेको गैरेले बताए ।

प्रतिक्रिया दिनुहोस्