गण्डकी प्रदेशको मुख्यमन्त्री कांग्रेसलाई दिन माओवादी केन्द्र समहमत



पोखरा । गण्डकी प्रदेशको मुख्यमन्त्री नेपाली कांग्रेसलाई दिन माओवादी केन्द्र समहमत भएको छ । कांग्रेसबाट कृष्णचन्द्र पोखरेल नेपाली मुख्यमन्त्री बन्ने सम्भावना छ ।

राष्ट्रिय जनमोर्चाले मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध आउने अविश्वासको प्रस्तावमा समर्थन गर्ने घोषणा गरेसँगै नयाँ सरकार गठनका लागि बहुमत सुनिश्चित भएको छ ।

अब गण्डकी प्रदेशमा नेकपा एमाले नेतृत्वको सरकार हटाएर कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चाको संयुक्त सरकार बनाउन गणीतीय रुपमा सम्भव भएको छ । स्रोतका अनुसार नयाँ सरकार बनाउँदा मुख्यमन्त्री कांग्रेसले लिने सहमति जुटेको छ ।

प्रतिक्रिया दिनुहोस्