सरकारले प्रदेश र स्थानीय तहको अधिकार खोस्यो : नेता सिंह



चितवन । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले वर्तमान सरकारले प्रदेश र स्थानीय तहको अधिकार खोस्ने प्रयास गरिरहेको आरोप लगाउँदै संघीयता जोगाउन कांग्रेसको नेतृत्वमा सरकार आवश्यक रहेको बताएका छन् ।

नेपाली कांग्रेस चितवन खैरहनी नगर समितिले बुधबार चितवनमा आयोजना गरेको शुभकामना आदान–प्रदान कार्यक्रममा बोल्दै नेता सिंहले केपी शर्मा ओली नेतृत्वको सरकारले लोकतन्त्र र संविधान नै धरापमा आरोप लगाए ।

समृद्ध नेपाल, सुखी नेपाली’ नारामा मात्र सीमित रहेको दाबी गर्दै उनले भने, ‘देशमा सरकार छ कि छैन भनेर खोज्नु पर्ने अवस्था छ, यो सरकार भ्रष्टाचारमा चुर्लुम्म डुबेको छ ।’ ओलीले नैतिक रुपले प्रधानमन्त्री हुने वैधानिकता गुमाएको भन्दै उनले तत्काल पद त्याग्न सुझाए ।

प्रतिक्रिया दिनुहोस्