नयाँ बर्षमा डिल्ली फोम्बोको ‘यो मायाले के गर्यो’



धरान । डिल्ली फोम्बो एंड द ब्याण्डको रुपमा स्टेजहरुमा चम्किरहेका धराने गायक डिल्ली फोम्बोले एक बर्षको अन्तरालमा नयाँ गीत भिडियो सहित रिलिज गरेका छन् ।

‘यो मायाले के गर्यो’बोलको गीतमा गायक डिल्ली फोम्बोकै शब्द-संगीत रहेको छ भने सन्जिब राईको संगीत संयोजन रहेको छ।

रेखा लिम्बु र गायक डिल्ली फोम्बोको अभिनय रहेको गीतको नरेन लिम्बुको निर्देशन रहेको छ भने बिनय कंसाकारको सम्पादन र बिजेन्द्र भट्टराईको छायांकन रहेको छ ।

लिम्बु समुदायमा पहिलो चोटी गुनगुनाइएको भनिएको पोकन्दि र नेपाली लोक शब्द-संगीतको सम्मिश्रण गरिएको गीत एउटा प्रयोगको रुपमा तयार गरेको गायक डिल्ली फोम्बोले बताए । लकडाउनले थलिएको समयमा तयार गरेर लकडाउन खुलेपछि गीत तथा भिडियो तयार गरिएकोगायक फोम्बोले बताए ।

प्रतिक्रिया दिनुहोस्