आमा बन्दै गरिमा पन्त



काठमाडौं । नायिका गरिमा पन्तले आफु आमा बन्न लागेको जानकारी दिदैं सामाजिक संजालमा फोटो पोष्ट गरेकी छिन् । गरिमाले केही वर्ष अगाडि बेल्जियममा रहेका हरि थपलियासँग बिहे गरेकी थिइन् । बिहेपछि गरिमा बेल्जियममा नै बस्दै आएकी छिन् ।

उनै, गरिमाले आफ्नो ‘बेबी बम्प’ सहितको तस्वीर पोष्ट गर्दै आमा बन्न लागेको जानकारी दिएकी हुन् । उनले लेखेकी छिन्–‘श्रृष्टीबाट श्रृष्टीकर्ता । जीवनको अर्को सुन्दर अध्यायमा प्रवेश ।’ नायिका प्रियंका कार्की, ऋचा शर्मापछि गरिमाले पनि आफू आमा बन्न लागेको खुशी फ्यानमाझ साटेकी हुन् ।

प्रतिक्रिया दिनुहोस्