कोरोनालाई वेवास्ता गर्दै हरिद्वारमा हजारौंले गरे शाही स्नान



काठमाडौं । कोरोना संक्रमणको जोखिमलाई वेवास्ता गर्दै भारतको हरिद्वारमा तेस्रो शाही स्नानका लागि हजारौंको लागि संख्यामा भक्तजनहरु भेला भएका छन् ।

बुधबार बिहान गंगा नदीमा डुबुल्की मार्न हजारौं भेला भएपछि कोरोना संक्रमण झन् बढ्ने चिन्ता थपिएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

कुम्भ मेलामा विहानैदेखि गंगा स्नानको सिलसिला जारी छ । आम सर्वसाधारणले स्नान गरिसकेपछि सन्तहरुको शाही स्नान हुने छ ।

यसैबीच उत्तराखण्डामा पर्ने हरिद्वारमा कोरोना संक्रमण बढ्ने क्रम जारी छ । हरिद्वारमा मंगलबार ५९४ जना नयाँ संक्रमित फेला परेका थिए ।

प्रतिक्रिया दिनुहोस्