नेपाल टनेल युगमा प्रवेश गरेको छ : प्रधानमन्त्री ओली



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल टनेल युगमा प्रवेश गरेको बताएका छन् ।

थानकोट-नौविसे सडकबाट पनि टनेल युगमा नेपाल प्रवेश गरेको देखिएको प्रधानमन्त्री ओलीको भनाइ छ ।

‘हामी टनेल युगमा प्रवेश गर्नका लागि बाटाका क्षेत्रमा थानकोट-नौविसे सडक, त्यसबाट पनि देखिएको छ । हामी टनेल युगमा प्रवेश गरेका छौं,’ नयाँ वर्षमा जनताका नाममा सम्बोधन गर्दै आज प्रधानमन्त्री ओलीले भने ।

टनेल निर्माण कसरी भइरहेको छ भन्नेबारे हेर्न काठमाडौंवासीलाई सजिलो पनि भएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्