बिहेको दिन बेहुला बेहुलीको दाई भएको खुलासा भयो, तरपनि आमाले छोरालाई ज्वाई बनाइन्…



चीनमा केहीसमय अघिमात्र एउटा अचम्मको घटना घटेको छ, जसले सामाजिक सञ्जालमा तहल्का नै मच्चाइरहेको छ । दाजुबहिनीको सम्बन्ध निकै नै प्रिय हुन्छ । हामी दाजुलाई बुबाको स्थानमा समेत राखेर हेर्ने गर्छौ । दाजुसँग बहिनीको बिहे भएको खबर हामीले सायदै सुनेका छौँ ।

चीनमा भने एक आमाले आफ्नो छोराको बिहे हुनै लाग्दा बेहुली आफ्नी छोरी भएको थाहा पाइन् । तर यति हुँदाहुँदै पनि आमाले दुईको बिहे गरिदिइन् र छोरालाई ज्वाईको रुपमा स्वीकारिन् ।

वास्तवमा बिहे चलिरहँदा बेहुलीको हातमा देखेपछि आमाको होस नै उड्यो । आमा अचानक निकै रुन थालिन् । आमाले बेहुलीको हातमा उनको जन्मको चिनो देखेपछि आफ्नी छोरी भएको थाहा पाइन् । एकछिन त उनले आफूलाई सम्हाल्न नै सकिनन् ।

ती आमाले बेहुलीको हातमा रहेको जन्मको निशान देखेपछि उनका मातापिताको बारेमा सोधिन् । सोधपुछ गर्दै जाँदा खुलासा भयो कि ती बेहुलीका मातापिताले उनलाई जन्म दिएका थिएनन् । २० वर्षअघि ती बालिकालाई उनीहरुले सडक किनारामा फेला पारेका थिए । त्यसपछि उनीहरुले ती बालिकालाई छोरी बनाएर हुर्काएका थिए ।

यो कुरा थाहा पाएपछि बेहुलीले पनि आफूलाई सम्हाल्न सकिनन् र भक्कानिएर रोइन् । तर विवाहमा फेरि अर्को ट्वीस्ट आयो । जुन युवकलाई ती आमाले पालेकी थिइन् ती उनका आफ्नै छोरा थिएनन् । उनले सानैदेखि ती युवकलाई धर्मपुत्र पालेकी थिइन् । त्यसैले जैविक सम्बन्ध नभएकाले उनीहरुको विवाह रोकिएनन् । अन्ततःआमाले आफ्ना छोरालाई ज्वाई स्वीकार गरिन् ।

प्रतिक्रिया दिनुहोस्