सरकारलाई दिएको समर्थन कायमै : शक्ति बस्नेत



काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद शक्तिबहादुर बस्नेतले संसदको रक्षा र रखबारी गर्न वर्तमान सरकारलाई दिएको समर्थन कायमै राखेको प्रष्टीकरण दिएका छन् ।

‘संसदको रक्षा यसको रखबारी गर्नको लागि हाम्रो दलले सरकारलाई दिएको समर्थन कायम गरिराखेको छ’, सोमबार प्रतिनिधिसभामा बोल्दै बस्नेतले भने, ‘सबै खालका असंवैधानिक र अलोकतान्त्रिक गतिविधिहरुको हामी साक्षी बसिराखेका छौं र ल्याप्चे लगाइरहेका छौं भन्ने भ्रम तपाईंहरुमा नरहोस् ।’

सरकारलाई दिएको समर्थन कायम राखिरहने र नयाँ सरकार गठनको पहल पनि गर्ने दोहोरो चरित्र देखिएको भन्दै आलोचना भइरहेका बेला माओवादी केन्द्रका सांसद बस्‍नेतले यस्तो प्रष्टीकरण दिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्