कर्णाली प्रदेशसभा सदस्य धर्मराज रेग्मी पदमुक्त



सुर्खेत । नेकपा माओवादी केन्द्र त्यागेर नेकपा एमाले प्रवेश गरेका कर्णाली प्रदेशसभा सदस्य धर्मराज रेग्मी पदमुक्त भएका छन् ।

रेग्मीले दल त्याग गरेको सूचना माओवादी केन्द्रले प्रदेशसभा सचिवालयलाई जानकारी गराएको र प्रदेशसभा सचिवालयले उक्त पत्र प्राप्त भएको भनी सूचनामार्फत जानकारी गराएपछि उनी पदमुक्त भएका हुन् ।

दैलेख निर्वाचन क्षेत्र नम्बर १ ‘क’ बाट निर्वाचित रेग्मी हालै मात्र एमाले प्रवेश गरेका हुन् र उनलाई एमालेले केन्द्रीय सदस्य र प्रदेश सचिव पदमा मनोनित गरेको छ ।

सोमबार कर्णाली प्रदेशसभा सचिव जीवराज बुढाथोकीले एक सूचना प्रकाशित गरी रेग्मीले दल त्याग गरेको सूचना माओवादी केन्द्र संसदीय दलबाट चैत २० गते प्रदेशसभा सचिवालयमा प्राप्त भएको जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्