प्रधानमन्त्रीलाई प्रदीप गिरीको आग्रह : पुनः संसद विघटन गर्नुहोस्



काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदिप गिरीले सकुनीले दोहोरा पासा फ्याँके जसरी पुनः संसद विघटन गर्न प्रधानमन्त्रीलाई आग्रह गरेका छन् ।

संसदको सोमबारको विशेष समयमा बोल्दै सांसद गिरीले चुनावमा नै जाने हो भने पनि सहमतिमा जानुपर्ने बताए । अहिलेको संकटको मुख्य दोषी प्रधानमन्त्री केपी शर्मा ओली भएको भन्दै उनले भने, अब छोड भनेर पुग्दैन । समाधान दिनुपर्छ ।’

त्यसका लागि आवश्यक पर्छ भने राष्ट्रिय सहमतिको सरकार बनाउन पनि तयार हुनुपर्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्