जनमत पार्टीको अध्यक्षमा सिके राउत चयन



काठमाडौं । जनमत पार्टीको अध्यक्षमा सिके राउत चयन भएका छन् । उनी सर्वसम्मत अध्यक्ष भएका हुन् । तर उनले महाधिवेशनबाट दुई हजार तीन सय दुई मत प्राप्त गरेका थिए ।

शनिबार महाधिवेशन सुरू भएको थियो । अध्यक्ष र महासचिवबाहेक अरू पदमा निर्वाचन भएको थियो । निर्वाचनको मतपरिणाम सोमबार बिहान आएको छ ।

पहिलोपटक भएको महाधिवेशनबाट उपाध्यक्षमा अब्दुल खान र बसन्त कुसहवा विजयी भएका छन् ।

महासचिवमा चन्दन सिंह निर्विरोध चयन भएका छन् । उनले एक हजार पाँच सय ७३ मत ल्याएका छन् ।

प्रतिक्रिया दिनुहोस्