जसपाको पदाधिकारी बैठक बस्दै



काठमाडौं । जनता समाजवादी पार्टी जसपाको पदाधिकारी बैठक आज बस्ने भएको छ ।

दिउँसो २ बजेका लागि बैठक बोलाइए पनि नेताहरू बैठकस्थल पुगेका छैनन् । पार्टीका नेता केशव झाले केही समयमै बैठक बस्ने जानकारी दिए ।

गत शुक्रबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नयाँ गठबन्धन बनाउने र कांग्रेसको नेतृत्वमा सरकार बनाउने प्रस्ताव राखेका थिए । देउवाले उक्त प्रस्तावमा समर्थन खोजेका छन् ।

माओवादी केन्द्रले समर्थन गरे पनि जसपाले पार्टीमा छलफल गर्नुपर्ने बताएको थियो । सोही एजेन्डालगायत विषयमा छलफल गर्न आज जसपाको पदाधिकारी बैठक बस्न लागेको छ ।

प्रतिक्रिया दिनुहोस्