सरकारले जनताको मर्म अनुसार काम गर्न सकेन : नेता सिंह



काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले तोकिएकै समयमा पार्टीको १४औं महाधिवेशन सम्पन्न गर्न सबै लाग्नुपर्ने बताएका छन् ।

नेपाल दलित संघ काठमाडौं जिल्ला शाखाले आइतबार आयोजना गरेको ‘भेला तथा प्रशिक्षण’ कार्यक्रममा नेता सिंहले महाधिवेशनलाई प्रभावित पार्ने शक्तिका विरुद्ध सबै नेता कार्यकर्ता उभिनुपर्ने बताए ।

महाधिवेशनलाई प्रभावित पार्ने विभिन्न बहाना भइरहेकाले आम नेता तथा कार्यकर्ता चनाखो हुनुपर्ने बेला आएको उनको भनाइ छ । पूर्वउपप्रधानमन्त्रीसमेत रहेका सिंहले सरकारले जनताको मर्म र भावनाअनुसार काम गर्न नसकेको आरोपसमेत लगाए ।

प्रतिक्रिया दिनुहोस्