राष्ट्रपति भण्डारीले वितरण गरेको पदकमा नयाँ नक्शा नराखेको भन्दै विरोध प्रदर्शन



काठमाडौं । राष्ट्रपति विद्पयादेवी भण्डारीले गत शुक्रबार वितरण गरेको पदकमा नयाँ नक्शा छुटेको विरोधमा नेकपा एमालेको माधव नेपाल समूहका विद्यार्थीले प्रदर्शन गरेका छन् ।

नेपाल समूह निकटको अनेरास्ववियूले काठमाडौंको माइतीघरमा लिपुलेक र लिम्पियाधुरासहितको नक्शासहित प्रदर्शन गरेका हुन् ।

उनीहरुले झूटो नक्शा चाहिन्न, चुच्चे नक्शा फेर्न पाइन्न, चुच्चे नक्शा खै जस्ता नारा लगाएका थिए । २०७६ सालमा घोषणा गरिएको विभिन्न विभूषण तथा पदक राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार प्रदान गरेकी थिइन् ।

तर उक्त पदकमा लिपुलेक र लिम्पियाधुरासहितको नक्शा नभई नेपालको पुरानै नक्शा राखिएको थियो ।

प्रतिक्रिया दिनुहोस्