केपी ओलीले आफ्नो गुटमा तान्न जनप्रतिनिधिलाई धम्क्याउन थाले : भीम रावल

काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले प्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्रनो गुटमा तान्न जनप्रतिनिधिलाई धम्क्याउन थालेको बताएका छन् ।
आफ्नो गुटमा नआए पद खोस्ने भन्दै ओलीले धम्की दिन थालेको आरोप रावलको छ । आफ्नो गुटमा नआए पद खोस्ने भन्दै ओलीले धम्की दिन थालेको आरोप रावलको छ ।
आइतबार दिउँसो सुदुरपश्चिम प्रदेश पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलन गर्दै रावलले जनप्रतिनिधिलाई ओलीले गुटमा तान्न धम्क्याउने गरेको आरोप लगाएका हुन् ।
‘प्रधानमन्त्रीले वडा, पालिका र विभिन्न पदमा निर्वाचित जनप्रतिनिधिहरूलाई गुटमा तान्ने प्रयास गर्दैछन् । प्रधानमन्त्रीले धम्क्याउने र तर्साउने क्रियाकलाप गर्नु निन्दनीय छ,’ उनले भने ।
आफूमाथि ओलीले गरेको कारवाही विधानअनुसार नभएको उनले बताए । ओलीले रावललाई छ महिनाका लागि पार्टीबाट निलम्बन गरेका छन्।