गायक श्री खत्रीको नयाँ गीत ‘बिरानो जंगल’ सार्वजनिक (भिडियो)



काठमाडौं । अमेरिकाको टेक्सास निवासी गायक श्री खत्रीले आफनै स्वर, शब्द र संगीतमा नयाँ गीत ‘बिरानो जंगल’ सार्वजनिक गरेका छन् ।

प्रतिक बास्तोलाको लिड गितार र सुगम थापाको बास गितार रहेको ब्लुज रक गीत 'बिरानो जंगल'मा वास्सी छु को ड्रम र पिक्रसन रहेको छ । गीतको भिडियोलाई पुरा एनिमेसिन गरि बनाइएको छ । थ्रिलर एनिमेटेड भिडियोलाइ द वान हु अनिमेट्सका बिबिन मानन्धरले तयार गरेका हुन् ।

‘बिरानो जंगल’ भिडियोलाइ लिफर्स म्युजिकको युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो । भिडियोमा उच्च गुणस्तरको एनिमेशन प्रविधिबाट गीतको कथा भन्न खोजिएको छ।

प्रतिक्रिया दिनुहोस्