कृष्णबहादुर बलाललाई सातौं डानको उपाधि



काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघका पुर्ब अध्यक्ष कृष्णबहादुर बलाल तेक्वान्दो (आइटिएफ) ब्लाक बेल्ड सातौं डानको उपाधि हात पारेका छन् ।

नेपाली समय अनुसार चैत्र २८ गते बेलुका अमेरीकाको भर्जेनिया शहरमा तेक्वान्दो ग्रान्डमास्टर रियोस वलिभरोले लिएको बेल्ट परिक्षामा उत्कृष्ट नतिजा ल्याउदै बलालले छैटौं डानबाट सातौं डानमा स्त्तोन्नती गरेका हुन । ब्लक बेल्ड सातौं डान बेल्ट परिक्षामा उत्रिणा भएका बलालले तेक्वान्दो मास्टरको उपाधि पनि हाँसिल गरेका छन् ।

आईटिएफ तेक्वान्दोमा सातौं डानको उपाधि हाँसिल गर्ने बलाल नेपालका एक मात्र प्रशिक्षक भएका छन् । दुई कार्यकाल नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघको नेतृत्व गरेका बलाल नेपाल राष्ट्रिय मार्सलआर्ट महासंघ९एमएनजीसी० का सस्थापक अध्यक्ष पनि हुन् ।

नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघले सातौं डान परिक्षाका लागि बलालको नाम मनोनयन गरि अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघको प्रोमोशन उप–समितीमा सिफारिस गरेको थियो ।

अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघको प्रोमोशन उप–समितीको १४ मार्चमा बसेको बोर्ड बैढकबाट बलाललाई परिक्षामा सामेल गर्ने निर्णय गरेको नेपाल आईटिएफ तेक्वान्दोका अध्यक्ष अन्जन धमालले जानकारी गराएका हुन् । धमला एशियाली तेक्वान्दो महासंघका कार्यकारी सदस्य पनि हुन् ।

प्रतिक्रिया दिनुहोस्