कांग्रेसको पदाधिकारी बैठक बस्दै



काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दै छ । पार्टीको केन्द्रीय कार्यालय सानेपमा पदाधिकारी र पूर्वपदाधिकारीहरुको बैठक बस्ने लागेको हो । कांग्रेस सभापति शेरबहादुर देउवाले आज दिउँसो २ बजेका लागि पदाधिकारीको बैठक बोलाएका हुन् । बैठकमा नयाँ सरकार गठनबारे पनि छलफल हुने अनुमान गरिएको छ ।

भोलि (सोमबार) लागि कांग्रेसको केन्द्रीय समितिकै बैठक पनि बोलाइएको छ। पदाधिकारी बैठकले सोमबार बस्ने केन्द्रीय समिति बैठकको एजेन्डा पनि तय गर्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्