हामी सचेत भएनौँ भने फेरि लकडाउन हुनसक्छ : प्रधानमन्त्री ओली



PM_KP_Oli

नेपाल उद्योग वाणिज्य महासंघको ५५ औँ बार्षिक साधारणसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको पहिलो प्राथमिकता नागरिकको स्वास्थ्य भएको बताएका छन् । उनले आफ्नो जीवनको रक्षा गर्ने पहिलो जिम्मेवारी हामी आफैको भएकाले आफ्नो ख्याल राख्न आवश्यक भएको बताएका छन् ।

उनले कोरोनाको महामारी फेरि विश्वभर फैलन थालेकाले धेरै समेत हुन आवश्यक रहेको बताएका छन् । उनले कोरोनाबाट बच्न सबैले स्वास्थ्य मन्त्रालयले दिएका निर्देशन पालना गर्न सबैलाई सुझाव दिएका छन् । त्यसका साथै उनले यदि स्वास्थ्य मन्त्रालयले दिएको निर्देशन पालना नगरे फेरि लकडाउन हुनसक्ने बताएका छन् ।

उनले भने, ‘सचेत नबने फेरि लकडाउनमा पुग्दैनौँ भन्ने छैन । आफैँ सचेत बनौँ । सामाजिक जीवनलाई खलबलिन नदिन, सावधानी अपनाएनौँ भने समस्या आउनसक्छ । हामी समयमै सचेत बनौँ ।’

प्रतिक्रिया दिनुहोस्