नैतिकता नभएको प्रधानमन्त्री धेरै समय राख्नु हुदैँन, तत्काल ओलीजीको विकल्प खोज्नुपर्छ : प्रकाशमान सिंह



काठमाडौँको टोखामा आयोजित शुभकामना आदानप्रदान तथा गणेशमान सिंहको स्मृतिमा निर्माण गरिएको पोखरीमा उद्घाटन कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले जनताले दिएको अधिकारको दुरुपयोग गरि जनताको विश्वासमाथि केपी शर्मा ओली सरकारले लात हानेको आरोप लगाएका छन् ।

त्यस्तै नेता सिंहले नैतिकता नभएको प्रधानमन्त्री धेरै समय राख्न नहुने भन्दै तत्काल ओलीको विकल्प खोज्नुपर्ने बताएका छन् ।

कार्यक्रममा बोल्दै उनले भने,‘ प्रधानमन्त्री ओलीले संविधान मिचेर आफू अनैतिक भएको पुष्टि गरिसक्नुभयो । अन्तराष्ट्रिय प्रचलन, संवैधानिक दृष्टिकोणले पनि ओली प्रधानमन्त्री पदका लागि अयोग्य भइसके । अब ओलीको विकल्प तत्काल दिनुपर्छ ।’

प्रतिक्रिया दिनुहोस्