प्रचण्डलाई पटक-पटक प्रधानमन्त्री बनाउन खोजे पनि सकिएन : देउवा



काठमाडौं । नेपाली कांग्रेसका सभापति र शेरबहादुर देउवाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई पटकपटक प्रधानमन्त्रीबनाउन खोजे पनि नसकिएको बताएका छन् ।

त्यसबेला प्रचण्डले केपी शर्मा ओलीलाई साथ दिएकोसमेत उनले बताए । देउवाले २०७४ सालको निर्वाचनपछि प्रचण्डलाई पटकपटक प्रधानमन्त्री बन्न भनेको बताएका हुन् ।

काठमाडौंमा आज भएको निजामती कर्मचारी युनियन संघको राष्ट्रिय भेलामा बोलेका देउवाले भने, ‘प्रचण्डलाई धेरैपटक प्रधानमन्त्री बनाउन खोजेको होइन हामीले ? तपाईंहरूलाई थाहा छ नि,’ देउवाले भने, ‘खुट्टै नटेक्ने मान्छे । ओलीले लात हानेपछि ठिक भएको छ ।’

उनले ओलीलाई हटाउन खोजे पनि संख्या नपुगेको बताए । आफू प्रधानमन्त्री हुन नचाहेको र संख्या नपुग्ने खेलमा नलाग्ने पनि उनको भनाइ छ । जसलाई प्रधानमन्त्री बनाए पनि आफू तयार रहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्