बालुवाटारमा बालुवा पेलेर क्रान्ति बच्दैन : प्रचण्ड



काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशमा प्रतिक्रान्तिको खतराका घण्टी बजिरहेको भन्दै सबै परिवर्तनकारी शक्तिहरु एकताबद्ध हुनुपर्नेमा जोड दिएका छन् ।

बिहीबार प्रतिरोध दिवसको अवसरमा पार्टी निकट अखिल नेपाल महिला संघ कर्णाली प्रदेशको भेला तथा प्रशिक्षण कार्यक्रमलाई सुर्खेतमा सम्बोधन गर्दै प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओली प्रतिक्रान्तितर्फ अघि बढेको आरोप लगाए ।

‘सिंहदरबार भित्रबाट या बालुवाटारमा बालुवा पेलेर यो क्रान्ति बच्ने भएन । अब जसले यो क्रान्ति ल्याएको हो तिनै जनताको घर दैलोमा फर्किनुपर्छ भन्ने हामीले निर्क्योल लियौं, मैले एउटा संकल्प गरेँ र म कर्णाली प्रदेशमा आएँ’, प्रचण्डले भने।

प्रतिनिधिसभा विघटन गरेर संविधान विरोधी काम प्रधानमन्त्रीबाटै भएको उल्लेख गर्दै उनले आफूहरुले शान्तिपूर्ण रुपमा सो कदमलाई परास्त गर्न लागिपरेको स्मरण गर्दै त्यही कदमलाई सर्वोच्चले पनि गलत भनिदिएको बताए ।

प्रतिक्रिया दिनुहोस्