पत्रकार महासंघ कर्णालीको अध्यक्षमा देवकोटा विजयी



सुर्खेत । नेपाल पत्रकार महासंघ कर्णाली प्रदेश समितिको अध्यक्षमा देविराम देवकोटा विजय भएका छन् । प्रदेशको नयाँ कार्यसमितिका लागि भएको निर्वाचनमा देवकोटा नेतृत्वको संयुक्त प्यानल विजयी भएको हो ।

देवकोटा ४२९ मत प्राप्त गरी विजय भएका छन् । उनका प्रतिस्पर्धी दैलेखका विष्णु शर्माले ३२१ मत प्राप्त गरेका छन् । देवकोटा प्रेस युनिएन, प्रेस संगठन र माधव नेपाल समूहको प्रेस चौतारीसहितको प्यानलका साझा उम्मेदवार हुन् । ओली समूह निकट प्रेस चौतारीका विष्णु शर्मालाई विप्लन निकटका पत्रकारको साथ थियो ।

प्रतिक्रिया दिनुहोस्