प्रधानमन्त्री ओलीको संसदमा आएर बहस गर्ने हिम्मत छैन : गगन थापा



काठमाडौँ । नेपाली कांग्रेसका सांसद गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई संसद आएर बहस गर्न चुनौती दिएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकको विषेश समयमा बोल्दै सांसद थापाले प्रधानमन्त्रीले संसदलाई छलेर बाहिर बाहिर भाषण गर्दै हिडेको भन्दै आक्रोश पोखे ।

उनले भने, ‘प्रधानमन्त्रीलाई म संसदमा निम्तो दिन चाहन्छु, चुनौती दिन चाहन्छु ।’ उनले संसदबाहिर प्रधानमन्त्री अनेकौ भाषण गर्दै हिडेको तर संसदमा आएर बहस गर्ने हिम्मत नराखेको बताए ।

सांसद थापाले प्रधानमन्त्रीले गफ मात्रै गरेको भन्दै २ वर्ष पहिला बनेको सिन्धुलीको पुल अहिले उद्घाटन गरेको भन्दै आलोचना समेत गरे । उनले भने,‘ प्रधानमन्त्रीलाई अहिले बाटो पुलको शिलान्यश गर्न भ्याइनभ्याई छ । प्रधानमन्त्रीलाई चमत्कार गरेको भनेर चरम अल्पज्ञान, ढाँट्ने बानी लागेको छ ।

प्रतिक्रिया दिनुहोस्