सूचना प्रविधि विधेयक संसदको कार्यसूचीबाट हट्यो



काठमाडौं । सूचनाप्रविधिको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक बिहीबार प्रतिनिधिसभाको बैठकमा पेस गर्ने कार्यसूचीबाट हटेको छ ।

प्रतिनिधिसभा बैठकअघि संसद भवन नयाँ बानेश्वरमा बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा प्रमुख विपक्षी नेपाली कांग्रेस र माओवादी केन्द्रले विरोध गरेपछि कार्यसूचीबाट हटाइएको छ ।

नेताहरुका अनुसार सत्तारुढ दल नेकपा एमालेका प्रतिनिधिले अन्तिमसम्म सूचना प्रविधि विधेयकको प्रतिवेदन पेस गर्नैपर्ने अडान लिएका थिए ।

संघीय संसद सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा विकास तथा प्रविधि समितिका सभापति कल्याणीकुमारी खड्काले सूचनाप्रविधिको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको प्रतिवेदन पेस गर्ने उल्लेख थियो ।

प्रतिक्रिया दिनुहोस्