पत्रकार महासंघको धनुषा र कास्की जिल्ला अध्यक्षमा पत्रकार महिला उम्मेद्धार विजयी



काठमाडौं । पत्रकार महासंघको धनुषाकास्की जिल्ला अध्यक्षमा पत्रकार महिला उम्मेद्धार विजयी भएको छन् । बुधबार भएको निर्वाचनमा धनुषामा मनिका झा र कास्कीमा विमला भण्डारी महासंघको जिल्ला शाखा अध्यक्षमा विजयी भएका हुन् ।

धनुषाकी मनिका झा अन्नपूर्ण पोष्ट दैनिककी प्रदेश–२ को व्यूरो प्रमुखको रुपमा कार्यरत छिन् । प्रेस संगठनबाट उम्मेद्वार बनेकी झाको नेतृत्वमा उपाध्यक्षमा अवधेश कामत, महिला उपाध्यक्ष नेहा झा, सचिव बटुकनाथ झा, सह-सचिवमा निरन्जन साह, सह-सचिव समावेशीतर्फबाट गोविन्द महतो, कोषाध्यक्ष राजकमल सिंह चयन भएका छन् ।

प्रतिक्रिया दिनुहोस्