प्रधानमन्त्री ओलीले हाम्रो मागलाई सम्बोधन गरेनन् : महिन्द्र राय यादव

काठमाडौं । जनता समाजवादी पार्टी जसपा नेता महिन्द्र राय यादवले प्रतिगमनविरोधी शक्तिहरु नयाँ गठबन्धन बनाउनु पर्ने बताएका छन् ।
आफ्नो पार्टीले प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदम असंवैधानिक भनेको र अहिलेसम्म यो निर्णय परिवर्तन नभएकाले प्रतिगमनकारीसँग गठबन्धन नहुने उनले बताए ।
हामीले प्रतिनिधि सभा विघटनलाई प्रतिगामी कदम भनेको हो । सर्वोच्च अदालतले प्रधानमन्त्री ओलीको असंवैधानिक कदमलाई सच्याएको छ । यो राम्रो पक्ष हो, कुराकानी गर्दै यादवले भने, पार्टीको निर्णयविपरीत कसले के गर्छ के बोल्छ ? कोसँग भेटघाट गर्छ भन्ने कुराले ठूलो अर्थ राख्दैन ।
आफूहरुको समर्थन पाएरसमेत प्रधानमन्त्री ओलीले कुनै मागलाई सम्बोधन नगरेको उनले बताए ।
‘जतिबेला संविधान संशोधनका लागि दुई तिहाइ पुग्थ्यो त्यो बेलामा कुनै चासो भएन । अहिले दलहरूका बीचमा सहमति जुटाउन कठिन छ,’ उनले भने,’आफ्नो सत्ता जोगाउन प्रधानमन्त्री ओलीले हाम्रा माग पूरा गर्छु भनेर हुँदैन ।